अफ्रिका कप अफ नेसन्स

युरोपियनभन्दा अफ्रिकन खेलाडीमा धेरै क्षमता छः इटो

याउन्डे । अफ्रिका कप अफ नेसन्सको तयारीमा रहेको क्यामरुन फुटबल संघका अध्यक्ष सामुएल इटोले युरोपियनको तुलनामा अफ्रिकन खेलाडी बढी क्षमतावान् भएको बताएका छन् । 

बार्सिलोना, इन्टर मिलान र चेल्सीका पूर्व खेलाडीसमेत रहेका इटोको क्यामरुनले बुर्किना फासोसँग खेल्दै आइतबार प्रतियोगिताको सुरुआत गर्नेछ ।

‘अफ्रिकन खेलाडी युरोपियनको तुलनामा धेरै क्षमतावान् छन्,’ उनले भनेका छन्, ‘कुनै पनि सफलताका लागि शिक्षा महत्त्वपूर्ण कुरा हो भन्ने युरोपेलीले बुझेका छन् । अफ्रिकामा हामी आफैँलाई शिक्षित गर्न पछाडि छौं ।’

आफूलाई शिक्षित बनाउनका लागि धैर्यता प्रमुख कुरा भएको र आज सिकेको कुराले १० वर्षपछि भए पनि प्रतिफल दिन्छ भन्ने बुझाईको अफ्रिकामा कमी भएको इटोले बताएका छन् ।