चेल्सी

कान्टे र सिल्भा कोभिड संक्रमित

लन्डन । चेल्सीका प्रशिक्षक थोमस टचेलले बिहीबार मिडफिल्डर एनगोलो कान्टे र थियागो सिल्भा कोभिड संक्रमित भएको पुष्टि गरेका छन् ।

यस सिजन कान्टेले चेल्सीबाट १७ खेल खेलेका छन् । यस्तै २१ खेल खेलका सिल्भाले यसै सिजन क्लबसँगको सम्झौता एक वर्ष थपेका छन् ।

३० वर्षिय फ्रेन्च मिडफिल्डर कान्टे तीन महिनामा दोस्रो पटक कोभिड संक्रमित भएका हुन् ।

‘कान्टे र सिल्भामा कोभिड पुष्टि भएको छ । दुई महत्वपूर्ण खेलाडी बाहिरिदा पक्कै पनि टोलीको प्रदर्शनमा प्रभाव पर्छ । त्यसैले यो अवस्था कठिन देखिन्छ तर हामी हाम्रो प्रदर्शनलाई निरन्तरता दिने प्रयास गर्नेछौं,’ टचेलले भने ।