लियाेनल मेसी

कोभिड संक्रमणमुक्त भएसँगै पिएसजीको प्रशिक्षणमा फर्किदै मेसी

पेरिस । कोभिड १९ परीक्षण रिर्पोट नेगेटेभ आएसँगै लियोनल मेसी पेरिस सेन्ट जर्मेन (पिएसजी) को प्रशिक्षणमा फर्किने भएका छन् ।

फ्रेन्च लिग वानको शीर्ष स्थानमा आसिन आइतबार सात पटक बालोन डी ओर विजेता मेसी कोभिड संक्रमित भएको पुष्टि गरेको थियो ।

संक्रमणकै कारण मेसीले सोमबार कप डे फ्रान्सअन्तर्गत भेनासविरुद्धको खेल गुमाएका थिए । किलियन एमबाप्पेले ह्याट्रिक गरेपछि पिएसजीले भेनासमाथि ४–० को सहज जित निकालेको थियो ।

सिजनको सुरूआतमा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब भित्रिएका मेसी लिग वानमा लय भेट्टाउन सघर्षरत छन् । पिएसजीबाट १६ खेल खेलेका मेसीले ६ गोल र चार असिस्ट गरेका छन् ।