लिभरपुल

लिभरपुलका सहायक प्रशिक्षकलाई कोभिड संक्रमण पुष्टि

मर्सेसाइड । लिभरपुलका सहायक प्रशिक्षक पेपिजिन लिजनडर्सलाई कोभिड १९ संक्रमण पुष्टि भएसँगै आइसोलेसनमा बसेका छन् । लिभरपुलका मुख्य प्रशिक्षक यर्गेन क्लोपको प्रशिक्षण टोलीबाट संक्रमण पुष्टि हुने पछिल्ला खेलाडी हुन् ।

क्लोपलाई संक्रमण पुष्टि भएसँगै लिजनडर्स अन्तरिम प्रशिक्षकको भूमिकामा थिए । उनलाई संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बसेका छन् । उनलाई कोरोना संक्रमण पुष्टि भएसँगै लिभरपुलले आर्सनलविरुद्धको खेल स्थगित गर्न माग गरेको छ ।

कार्बाओ कपको सेमिफाइनलमा बिहीबार राति लिभरपुल र आर्सनलबीचको खेल तय भएको छ । लिभरपुलले स्थगित गर्न आग्रह गरे पनि इएफएलले यसबारे निर्णय गर्न बाँकी छ । लिभरपुलले बुधबार आह्वान गरेका प्रि–म्याच पत्रकार सम्मलेन रद्द गरिसकेको छ ।