सहिद स्मारक ‘ए’ डिभिजन लिग

गाेल्डेन बुटकाे दाैड: सुनिल शीर्ष स्थानमा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौं चरणको सकिँदा मछिन्द्र क्लबका सुनिल बल पाँच गोलसहित गोल्डेन बुट दौडको शीर्ष स्थानमा छन् ।

जारी लिगको सातौं चरणमा नेपाल पुलिस क्लबविरुद्ध १–० को जित निकाल्दा सुनिलले नै निर्णायक गोल गरेपछि मछिन्द्रले एएफसी कप छनोट यात्रा तय गरेको थियो ।

एएफसी कपमा लिग विजेता टोलीले स्थान बनाउने नियम छ र नेपाली लिग सकिन अझै ६ चरणका खेल बाँकी नै छन् । तर, एएफसीले निर्धारित गरेको समय सीमाभित्र नेपाली लिग समाप्त नहुने भएपछि लिगका क्लबहरुले सर्वसम्मतीमा सातौं चरणसम्म शीर्ष स्थानमा रहने टोलीले एएफसी कपको छनोट खेल्ने भएको हो । यसैकारण पुलिसविरुद्ध जित निकालेको मछिन्द्र एएफसी कप २०२२ मा छनोट भएको हो ।

सुनिलले पहिलो चरणमा एनआरटीविरुद्ध दुई गोल, तेस्रो चरणमा जावलाखेलविरुद्ध, छैटौं चरणमा मनाङविरुद्ध र सातौं चरणमा पुलिस क्लबविरुद्ध समान एक गोल गरेका थिए ।

लिगमा सात खेलबाट १७ अंक जोडेर शीर्ष स्थानमा रहेका मछिन्द्रलाई समान खेलबाट १६ अंक जोडेको मनाङले पछ्याइरहेको छ । मछिन्द्रलाई शीर्ष स्थानमा कायम सुनिलको व्यक्तिगत प्रदर्शन पनि महत्वपूर्ण छ ।

लिगमा सर्वाधिक गोल गर्ने ११ खेलाडी

लिगमा सर्वाधिक गोल गर्ने ११ खेलाडी

खेलाडी

क्लब

खेल

गोल

सुनिल बल

मछिन्द्र क्लब

अजयी मार्टिन्स

सातदोबाटो युथ

आशिष लामा

एपिएफ फुटबल

निरज बस्नेत

संकटा क्लब

सुमन लामा

पुलिस क्लब

उत्तम राई

संकटा

मुतम्बा पिस्टोन

हिमालयन शेर्पा

रूमेश बर्तौला

च्यासल

अन्जन बिष्ट

मनाङ

निकोलस फर्नान्डेज

जावलाखेल

मेसुके ओलुमेउ

एनआरटी