इङ्लिस प्रिमियर लिग

उल्भरहमटनसँग युनाइटेड स्तब्ध

लन्डन । जुवाओ माउटिन्होको गोलमा उल्भरहमटनले सोमबार इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई १-० ले स्तब्ध पारेको छ ।

खेलाडी र कर्मचारीमा कोभिड १९ संक्रमण पुष्टी भएपछि उल्भरहमटनदे डिसेम्बर १९ पछि सोमबार पहिलो पटक मैदान उत्रिएको थियाे ।

ओल्ड ट्र्राफोर्डमा खेलको सुरुआतबाटै युनाइटेडमाथि उल्भरहमटनले दबाब बनाए पनि अग्रता भने लिन सकेको थिएन । वैकल्पिक खेलाडी ब्रुनो फर्नान्डेजको प्रहारमा बार बाधक बन्दा युनाइटेड निराश बनेको थियो ।

८२औं मिनेटमा माउटिन्होले गरेकाे गोल उल्भरहमटनलाई जितका लागि पर्याप्त बन्यो । राल्फ रागनिकको प्रशिक्षणमा युनाइटेडको यो पहिलो हार हो । सन् २००४ पछि उल्भरहमटनले युनाइटेडविरुद्धको प्रिमियर लिगका १३ खेलमा कुनै पनि गोल गर्न समेत सकेको थिएन । 

युनाइटेड १९ खेलमा ३१ अंकसहित तालिकाको सातौं स्थानमा छ, जुन चौथो स्थानको आर्सनल भन्दा चा अंक कम हो । उल्भरहमटन समान खेलमा २८ अंक जोड्दै आठौं स्थानमा छ ।

युनाइटेडले यस सिजन आफ्नो घरेलु मैदानमा पछिल्लो चार खेलमा गोल गर्न सकेको छैन ।  युनाइटेडले आगामी सोमबार प्रिमियर लिगमा एस्टन भिल्लाको सामना गर्नेछ ।