श्रावण ४, २०८२ आइतबार | १४:४७:१९
नेपाललाई लगातार दोस्रो पटक ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड एपिएफले हिमालयन शेर्पालाई हरायो साफ यु-१७ च्याम्पियनसिपः नेपालको समूहमा श्रीलंका र बंगलादेश मार्कस रासफोर्ड बार्सिलोना जाने पक्का दोस्रो एकदिवसीयमा इङ्ल्यान्ड विजयी जर्मनी सेमिफाइनलमा इन्टर मियामीको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो, गोल भिन्नतामा नेपाल अगाडि हेल्प नेपाल पाँचौं सेटमा पराजित डुरान्ड कपमा सहभागी हुने आर्मी टोलीको बिदाइ नेपाललाई लगातार दोस्रो पटक ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड एपिएफले हिमालयन शेर्पालाई हरायो साफ यु-१७ च्याम्पियनसिपः नेपालको समूहमा श्रीलंका र बंगलादेश मार्कस रासफोर्ड बार्सिलोना जाने पक्का दोस्रो एकदिवसीयमा इङ्ल्यान्ड विजयी जर्मनी सेमिफाइनलमा इन्टर मियामीको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो, गोल भिन्नतामा नेपाल अगाडि हेल्प नेपाल पाँचौं सेटमा पराजित डुरान्ड कपमा सहभागी हुने आर्मी टोलीको बिदाइ

जर्मनी सेमिफाइनलमा

काठमाडौं । फ्रान्सविरुद्ध पेनाल्टी सडनडेथमा ६-५ को जित निकाल्दै जर्मनी महिला युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छ ।

सेन्ट ज्याकोब पार्कामा शनिबार सम्पन्न क्वार्टरफाइनलको निर्धारित र अतिरिक्त समयमा दुवै टोलीबाट १-१ गोल भएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो ।

पेनाल्टीमा जर्मनीका लागि जेनिना मिङ्गे, लिंडा डालम्यान, रेबिका कनाक, एन क्याट्रिन बर्गर, क्लारा बुहल र स्जोके नुस्केनले गोल गरे । सारा डेब्रिज भने चुकिन् ।

फ्रान्सका लागि सकिना कार्चौई, मेलविन मालार्ड, स्यान्डी बाल्टिमोर, ओरियन जिन-फ्रान्कोइस र मेल्विन एन डोंगालाले गोल गरे ।  अमेल मजरी र एलिस सोम्बाथको प्रहार भने गोलमा परिणत हुन सकेन ।

त्यसअघि खेलको १३औं मिनेटमा क्याथ्रिन हेन्ड्रिचले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि जर्मनी १० खेलाडीमा समेटिएको थियो ।

ग्रेस गियोरोले १५औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएकी थिइन् । १० मिनेटपछि नै स्जोके नुस्केनले जर्मनीलाई बराबरीमा ल्याइन् ।

नुस्केन ६९औं मिनेटमा पेनाल्टीमा चुक्दा जर्मनीले अग्रता लिने अवसर गुमायो ।

यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा जर्मनीले स्पेन तथा इङ्ल्यान्डले इटालीको सामना गर्नेछन् ।


भिडियो
मधेशले देखाएको विश्वास र आशालाई पूरा गर्नेछु ll KOPILA UPRETY- COACH, MADHESH UNITED
उपाधि रक्षा गर्ने दबाब लिएर खेल्दैनौं ll SUMITRA REGMI- MARQUEE,KARNALI YASHVIS
टिम पनि पोखरा, खेल पनि पोखरा, क्रेज पनि पोखरा PRAGATI NATH-MARQUEE, POKHARA NINJAS
विदेशी खेलाडीसँगको तालमेलमा यसपालि ध्यान दिन्छौं ll NIRUTA THAGUNNA- MARQUEE, MADHESH UNITED
सुरुमा अक्सनको डर थियो, भिज्दै गएपछि त्यो डर हरायो ll SALINA SHRESTHA
सोचेअनुसारको खेलाडी पायौं ll USHA BHANDARI- MARQUEE, KATHMANDU SPIKERS
पोखरामा खेल हुने भएकोले सबैभन्दा बढी उत्साहित म नै छु ll ARUNA SHAHI-MARQUEE, LUMBINI LAVAS