काठमाडौं । एएफसी यु-२३ एसियन कप छनोटको तयारीमा रहेको नेपाली टोलीको बन्द प्रशिक्षणबाट आठ खेलाडी बाहिरिएका छन् ।
मुख्य प्रशिक्षक नवीन न्यौपानेले आठ खेलाडीलाई बाहिर राख्दै दोस्रो चरणको बन्द प्रशिक्षणमा ३२ खेलाडी समावेश गरेका छन् ।
पहिलो चरणमा ४० खेलाडी थिए ।
यु-२३ एएफसी एसियन कप छनोटमा समूह` के´ अन्तर्गतको खेल सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा हुनेछ । यो समूहमा यी दुईसहित सिरिया र फिलिपिन्स पनि छन् ।
प्रशिक्षणमा रहेका खेलाडी
अभिषेक स्याङ्तान, आयुष घलान, अमित तामाङ, अनिल बम्जन, आयुष तिम्सिना, अनिश क्षेत्री, एलन थापा, विवेक गुरुङ, अभिषेक वाइबा, विशाल केसी, दिपेश गुरुङ, विशाल नेपाली, दिपेश राई, जन्मजय धामी, जियारत सेख, कृशल मोक्तान, कृतिशरत्न छुन्जु, लाहन सुब्बा, निङ्मा लामा, निराज कार्की, निराजन धामी, पेम्बा लामा, पुजन थापा, राम थापा, रोहन खड्गी, सविन घिमिरे, संजीव लामा, शंकर थारु, सन्तोष खत्री, सिमान्त थापा, सुजन मगर, सुमित श्रेष्ठ