असार ८, २०८२ आइतबार | ०७:४२:४०
वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो अबोध फुटबलरको सपनामा ‘भद्दामजाक’ वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो अबोध फुटबलरको सपनामा ‘भद्दामजाक’

ब्राजिल लगातार २३औं पटक विश्वकपमा

काठमाडौं । पारग्वेविरुद्ध १-० को कठिन जित निकाल्दै ब्राजिल फिफा विश्वकपका लागि छनोट भएको छ ।

ब्राजिल लगातार २३औं पटक विश्वकपका लागि छानिएको हो । टोलीले पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ ।

बुधबार फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा जित निकालेसँगै ब्राजिल कम्तिमा पनि छैटौं स्थानमा रहेर विश्वकप खेल्ने पक्का भएको हो ।

यो जितसँगै ब्राजिल १६ खेलमा २५ अंकका साथ तेस्रो स्थानमा छ । पराजित पाराग्वे समान खेलबाट २४ अंकका साथ चौथो स्थानमा छ ।

कोरिन्थियन्स एरिनामा भिनिसियस जुनियरले गरेको एकमात्रै गोल ब्राजिललाई जित दिलाउन पर्याप्त बन्यो । उनले खेलको ४४औं मिनेटमा म्याथ्युस कुन्हाको पासलाई पोस्टको दिशा दिए ।

बुधबारै सम्पन्न खेलमा उरुग्वेले भेनेजुएला र बोलिभियाले चिलीलाई समान २-० ले पराजित गर्दा अर्जेन्टिना कोलिम्बयासँग १-१ तथा इक्वेडर पेरुसँग गोलरहित बराबरीमा रोकिए । 

अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकपमा हालसम्म १२ देशले स्थान पक्का गरेका छन् । यसअघि तीन आयोजक राष्ट्रले स्वतः विश्वकपमा स्थान बनाउँदा छनोटबाट जापान, न्युजिल्यान्ड, इरान, अर्जेन्टिना, उज्वेकिस्तान, जोर्डन, दक्षिण कोरिया र अस्ट्रेलियाले विश्वकपमा स्थान सुरक्षित गरेका थिए ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team