काठमाडौं । कृषि विकास बैंक १४औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत फुटसलको पुरुष र महिला दुवैतर्फ उपाधि नजिक पुगेको छ ।
टोखास्थित ग्रान्डी स्पोर्टस सेन्टरमा मंगलबार पुरुषको सेमिफाइनलमा कृषिले नेपाल वायुसेवा निगमलाई १-० ले पराजित गर्यो । फाइनलमा कृषिले नेपाल नागरिक उड्डयन प्राधिकरण ‘ए’ को सामना गर्नेछन् ।
अर्को सेमिफाइनलमा नागरिक उड्डयनले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई २-१ ले हरायो ।
कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) को आयोजनामा जारी प्रतियोगिताको महिलातर्फ लिग चरणको शीर्ष स्थानमा रहँदै फाइनल पुग्यो । चार खेलमा तीन जित र एक बराबरी खेलेको कृषिले १० अंक जोड्यो ।
कृषिले उपाधिका लागि नेपाल बैंक लिमिटेडसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल बैंक समान दुई जित र बराबरीको नतिजा निकाल्दै आठ अंकका साथ उपविजेता बन्यो ।
फाइनल बुधबार हुनेछ ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team