असार ८, २०८२ आइतबार | ०७:१८:३०
वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो अबोध फुटबलरको सपनामा ‘भद्दामजाक’ वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो अबोध फुटबलरको सपनामा ‘भद्दामजाक’

लाओसविरुद्ध नेपालको दूर्भाग्यजनक हार

एफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालविरुद्ध अग्रता लिएपछि सेलेब्रेसन गर्दै लाओसका मिडफिल्डर डामोथ थोङखामसााथ, तस्वीर सौजन्यः लाओ फुटबल संघ ।

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले लाओसविरुद्ध दूर्भाग्यजनक हार बेहोरेको छ ।

मंगलबार राजधानी भेन्टियानस्थित लाओ नेसनल रंगशालामा भएको खेलमा घरेलु टोली लाओसले नेपालविरुद्ध २-१ को ऐतिहासिक पहिलो जित हासिल गर्यो ।

लाओसको जितमा मिडफिल्डर डामोथ थोङखामसााथ र स्ट्राइकर पिटर फानथाभोङले गोल गरे । दुई गोलले पछाडि परेको अवस्थामा नेपालका लागि मिडफिल्डर मनिष डाँगीले फर्काएको गोल सान्त्वना बन्न पुग्यो ।

छनोटको तेस्रो चरणमा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि आफ्नो पहिलो खेलमा नेपालले मलेसियासँग २-० को पराजय बेहोरेको थियो । यो नतिजासँगै नेपाल अंकतालिकाको पुछारमा झरेको छ । यसअघि गोल भिन्नताका आधारमा नेपालभन्दा पछाडि रहेको लाओस तेस्रो स्थानमा उक्लियो ।

डामोथले खेलको १३औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए । दास्रो हाफको सुरुआती पाँच मिनेटभित्र पिटरले अग्रतालाई दोब्बर बनाए । पिटरले बक्स बाहिरबाट गरेको लोअर प्रहारले नेपाली गोलकिपर किरण चेम्जोङलाई बिट गर्दै पहिलो बारको जाली चुमेको थियो ।

खेलको ७३औं मिनेटमा मनिषले पेनाल्टीमार्फत एक गोल फर्काए । यसअघि मनिष आफै विपक्षी रक्षकबाट पेनाल्टी बक्सभित्र फउल हुन पुगेका थिए ।

एफसी एसियन कप छनोटको तेस्रो चरणमा लाओसविरुद्ध बल भेट्ने प्रयासमा नेपाली मिडफिल्डर एरिक विष्ट, तस्वीर सौजन्यः लाओ फुटबल संघ ।

लाओसले नेपालसँग सातौं अवसरमा जित हासिल गरेको हो । यसअघिका ६ भेटमा लाओसले नेपालसँग तीन हार र तीन बराबरी खेलेको थियो । नेपालले फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२६ को प्रारम्भिक छनोटमा लाओसलाई नै समग्रमा २-१ ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो । त्यतिबेला मनिषले नै निर्णायक गोल गरेका थिए । मंगलबार भने उनले नेपालको हार टार्न सकेनन् ।

यसै खेलमार्फत नेपाली अट्याकिङ मिडफिल्डर कृतिशरत्न छुन्जुले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरे । उनले खेलको ७३औं मिनेटमा मनिषलाई प्रतिस्थापन गरेका थिए ।

तेस्रो चरणमा नेपालले समूहमा लाओस, मलेसिया र भियतनाम छन् । होम एन्ड अवे ढाँचामा प्रत्येक टोलीले ६ वटा खेल खेल्नेछन् । समूहको शीर्ष स्थानमा रहने टोलीले २०२७ मा साउदी अरेबियामा हुने एसियन कपको १९औं संस्करणको टिकट काट्नेछ । नेपालले आफ्नो तेस्रो खेलमा ९ अक्टोबरमा भियतनामको सामना गर्नेछ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team