असार ८, २०८२ आइतबार | ०८:५१:२८
इन्टर मिलानले उरावा रेडलाई हरायो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन इन्टर मिलानले उरावा रेडलाई हरायो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन

राजेन्द्र तामाङ महिला फुटबल टोलीको सहायक प्रशिक्षक

काठमाडौं । अखिल नेपाल फुटबल संघ ( एन्फा) ले  राजेन्द्र तामाङलाई नेपाली राष्ट्रिय महिला टोलीला सहायक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।

एन्फा  महासचिव किरण राइले उनलाई मंगलबार नियुक्त पत्र हस्तान्तरण गरे । मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे विल्डे नियुक्त भएसँगै तामाङलाई सहायक प्रशिक्षक बनाइएको हो ।

यसअघि तामाङ मुख्य प्रशिक्षकको जिम्मेवारीमा थिए । तामाङको प्रशिक्षणमा नेपाल वाफ महिला च्याम्पियनसिप, साफ महिला च्याम्पियनसिप र फोर नेसन्स कपको उपविजेता बनेको थियो ।

पछिल्लो पटक नेपालले तामाङको प्रशिक्षणमा थाइल्यान्डसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दुवैमा नेपालले हार बेहोरेको थियो ।

यसैगरी भगवती थापाले सहायक प्रशिक्षक, सुरजकुमार लामाले गोलकिपिङ प्रशिक्षक र विन्द्रा देवानले व्यवस्थापकमा निन्तरता पाएका छन् । अलिशा राईलाई डाक्टर, शिला गिरीलाई  फिजियोथेरापिस्ट र विकास गुरुङलाई किट व्यवस्थापकको रूपमा नियुक्त गरिएको छ।

नेपाल जुन २९ देखि उज्वेकिस्तानमा हुने एएफसी एसिया कप छनोटको तयारीमा छ ।

छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’मा छ । नेपालले प्रतियोगितामा आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंकासँग खेल्ने तालिका छ । समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष अस्ट्रेलियामा हुने एसिया कपमा स्थान पक्का गर्नेछ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team