काठमाडौं । इटालीले फिफा विश्वकप युराेपियन छनोटमा सोमबार मोल्डोभाविरुद्ध २-० को सहज जित दर्ता गरेको छ ।
जितसँगै दुई खेलमा तीन अंक जोडेको इटाली समूह ‘आइ’ को तेस्रो स्थानमा छ । तीनै खेलमा पराजित मोल्डोभा अंकविहिन छ ।
यसअघि इटालीले नर्वेसँग हार बेहोरेको थियो । मोल्डोभा नर्वे र इस्टोनियासँग पराजित भएको थियो ।
मापेई रंगशालामा घरेलु टोली इन्टालीलाई जित जियाकोमो रास्पाडोरी र एन्ड्रिया क्याम्बियासोले गोल गरे ।
खेलको ४०औं मिनेटमा रास्पाडोरीको गोलमार्फत इटालिले अग्रता लिएको थियो । ५०औं मिनेटमा क्याम्बियासोले टोलीको अग्रता दोब्बर बनाए ।
यही समूहको अर्को खेलमा नर्वेले इस्टोनियाविरुद्ध १-० को कठिन जित दर्ता गर्यो ।
सोमबारै सम्पन्न अन्य खेलमा बेल्जियमले वेल्सलाई ४-३, क्रोएसियाले चेक रिपब्लिकलाई ५-१, फारोइ आइसल्यान्ड गिब्राल्टरलाई २-१ र नर्थ म्यासेडोनियाले काजकिस्तालाई १-० ले पराजित गरे।