काठमाडौं । कर्मचारी खेलकुद प्रतियोगिता अन्तर्गत फुटसलको पुरुषतर्फ नेपाल नागरिक उड्डयन प्राधिकरण ‘ए’ र जनक शिक्षा सामाग्री केन्द्र सामेबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
समूह ‘सी’ मा नागरिक उड्डयन विजेता तथा जनक शिक्षा उपविजेता बने ।
टोखास्थित ग्रान्डी स्पोर्टस सेन्टरमा नागरिक उड्डयनले नेपाल आयल निगमलाई २-१ तथा नेपाल विद्युत प्राधिकरणलाई २-० ले पराजित गर्यो । नागरिक उडड्यन र जनक शिक्षाले ११ को बराबरी खेले । यसैगरी जनक शिक्षाले विद्युतलाई २-१ हराउँदा आयल निगमसँग २-२ को बराबरी खेल्यो ।
त्यस्तै काठमाडौं उपत्यका खानीपानी लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, नेपाल वायुसेवा निगम, कृषि विकास बैंक ‘ए’ र नागरिक लगानी कोष पनि क्वाटरफाइनलमा पुग्न सफल भए । पुरुषमा २० टिम सहभागी छन् ।
कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) को आयोजनामा जारी प्रतियोगिताको महिलामा दुई खेल जित्दै कृषि विकास बैंक शीर्ष स्थानमा छ
पुरुषमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५५ हजार, ३३ हजार र २२ हजार रुपैयाँ पाउने छन् । महिलाको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । फुटसल बुधबार सम्पन्न हुनेछ ।