एन्फा

आहा रारा गोल्डकपसहित मोफसलका ६ प्रतियोगिताको मिति घोषणा

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा)ले  आहा रारा गोल्डकपसहित  मोफसलका ६ प्रतियोगितालाई स्विकृत दिएको छ ।

एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिगको नवौं चरणपछि हुने गरि मोफसलका चर्चित ६ प्रतियोतिगाको तालिका सार्वजनिक गरेको हो ।

माघमा दुई र फागुनमा चार गरि ६ प्रतियोगिता हुनेछ । माघ पाँच गतेदेखी १५ गते सम्म पाेखरामा आहा रारा गोल्डकप, माघ १६ देखी २६ सम्म मकवानपुरमा सहिद स्मृति  राष्ट्रिय फुटबल प्रतियोगिता हुनेछ ।

त्यस्तै फागुन १४ देखी २१ सम्म बुटवलमा तिलोत्तमा गोल्डकप र इटहमा इटहरी गोल्डकप,  फागुन १९ देखी २९ गते सम्म पोखरा गोल्डकप र फागुन २६ देखी चैत्र पाँच सम्म सिमरा गोल्डकप हुनेछ ।

प्रतियोगिताका लागि १२ टोली सहभागी आठ, १० टोली भए ६ र आठ टोली भए ४ ए डिभिजन टोली हुनुपर्ने एन्फाले जनाएको छ ।