अब्दुल्लाह अल्मुताइरी

प्रशिक्षक अब्दुल्लाह नेपाल आइपुगे

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल आइपुगेका छन् । नेपाललाई २८ वर्षमा पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुर्याएका प्रशिक्षक अब्दुल्लाह लामो सयमदेखि नेपालमा थिएनन् ।

उनी मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । प्रशिक्षक अब्दुल्लाहलाई राष्ट्रिय टोलीका व्यवस्थापक तथा एन्फाका कार्यकारी समितिका सदस्य मधुसुदन उपाध्यायलगायतले स्वागत गरे ।

सहिद स्मारक ए डिभिजन लिग सुरु हुनुअघि देशबाहिर रहेका अब्दुल्लाहले आफूले खेल हेरिरहेको सामाजिक सञ्जालमा लेखेका थिए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुवुदु दसानयाके पनि मंगलबार नै नेपाल आइपुगेका छन् । तत्कालिन प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएपछि रिक्त पदमा नियुक्त भएका क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुवुदु र फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह संयोगबस एकै दिन नेपाल आइपुगेका छन् ।