खेलाडी सरुवा

न्युक्यासलले उम्टिटी भित्राउने चर्चा

लन्डन । न्युक्यासल युनाइटेड जनवरी ट्रान्सफर विन्डोमा बार्सिलोनाका सेन्ट्रल ब्याक सामुयल उम्टिटी भित्राउने योजना बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले दाबी गरेका छन् ।

इङ्लिस प्रिमियर लिगमा यस सिजन ४२ गोल बेहोरेकाे एडी होवेको टोलबीले रक्षापङ्ती बलियो बनाउन पनि उम्टिटी भित्राउने योजना बनाएको देखिन्छ ।

सन् २०१८ को विश्वकप विजेता टोली फ्रान्सका २८ वर्षीय उम्टिटी आर्थिक संकटको सामना गरिरहेको बार्सिलोनामा पर्याप्त खेल समयका लागि सघर्षरत छन् ।

सन् २०१६ मा फ्रेन्च क्लब लियोनबाट बार्सिलोना भित्रिएका उम्टिटीले क्लबबाट ९२ खेल खेल्दै दुई गोल गरेका छन् ।