इङ्लिस प्रिमियर लिग

यो साता प्रिमियर लिगमा १०३ कोभिड संक्रमण पुष्टि

लन्डन । इङ्लिस प्रिमियर लिगले यो साता एक सय नयाँ कोभिड १९ को संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

लिग प्रमुखका अनुसार २० देखि २६ डिसेम्बरसम्म एक सय तीन नयाँ कोभिड संक्रमण पुष्टि भएको छ ।

पछिल्लो हप्ता ९० जना कोभिड संक्रमित भएको तथ्यांक सार्वजनिक भएको थियो ।

कोभिड सन्त्रासकै कारण ‘बक्सिङ डे’ का लागि तय भएका नौ मध्ये लिभरपुल र लिड्स युनाइटेड, वुल्भ्स र वाटफोर्ड र बर्नलीविरुद्ध एभरर्टनगरि तीन खेल स्थगित भएका थिए ।

त्यस्तै मंगलबारका लागि तय भएका एस्टन भिल्ला र लिड्स, आर्सनल र वुल्भ्सबिचको खेल पनि स्थगित गरिएको थियो ।