सहिद स्मारक ए डिभिजन लिग

सातदोबाटो र जावलाखेलको पहिलो हाफ गोलरहित बराबरी

फाइल फोटो ।

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार दशरथ रंगशालामा जारी सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।  पहिलो पटक लिग खेलिरहेको सातदोबाटो आजको खेलमा जित हासिल गर्दै अंक तालिकाको चौथो स्थानमा उक्लिन चाहन्छ ।

अर्कातिर रेलिगेसन जोन नजिक रहेको जावलाखेल पनि सातदोबाटोलाई पराजित गर्दै नवौं स्थानमा उक्लिने लक्ष्यसहित मैदानमा उत्रिएको छ ।

यसअघिका ५ खेलबाट ८ अंक जोडेको सातदोबाटो अहिले अंक तालिकाको पाँचौं स्थानमा छ । यस्तै, समान खेलबाट ४ अंक मात्रै जोडेको जावलाखेल १२औं स्थानमा सीमित छ ।