कार्तिक २९, २०८२ शनिबार | ००:४५:५९
कला र गलाका हस्ती पनि एनपिएलमा झुम्दै कर्णालीको लक्ष्य च्याम्पियन जनकपुरले जोगाउला साविक विजेताको रवाफ ? विराटनगर किङ्सः सन्दीप र गप्टिलको निरन्तरता, डु प्लेसिस र पुबुदुको प्रेरणा थपिँदै काठमाडौंको नयाँ रुप, नयाँ प्रशिक्षकका साथ यसपालीको लक्ष्य उपाधि सुदूरपश्चिम रोयल्सको लक्ष्य ‘अपुरो बिजनेस’ पूरा गर्ने सन्तुलित टोलीसाथ उत्रँदै चितवन राइनोज पहिलो संस्करणमा झस्किएको लुम्बिनीको सचेत तयारी लय खोज्दै पोखरा एभेन्जर्स सिद्धार्थ बिजनेश ग्रुप सुदूरपश्चिमको हस्पिटालिटी पार्टनर कला र गलाका हस्ती पनि एनपिएलमा झुम्दै कर्णालीको लक्ष्य च्याम्पियन जनकपुरले जोगाउला साविक विजेताको रवाफ ? विराटनगर किङ्सः सन्दीप र गप्टिलको निरन्तरता, डु प्लेसिस र पुबुदुको प्रेरणा थपिँदै काठमाडौंको नयाँ रुप, नयाँ प्रशिक्षकका साथ यसपालीको लक्ष्य उपाधि सुदूरपश्चिम रोयल्सको लक्ष्य ‘अपुरो बिजनेस’ पूरा गर्ने सन्तुलित टोलीसाथ उत्रँदै चितवन राइनोज पहिलो संस्करणमा झस्किएको लुम्बिनीको सचेत तयारी लय खोज्दै पोखरा एभेन्जर्स सिद्धार्थ बिजनेश ग्रुप सुदूरपश्चिमको हस्पिटालिटी पार्टनर

बंगलादेश फुटबल महासंघले महिला राष्ट्रिय टोलीका प्रशिक्षकमाथि लागेको आरोपको छानविन गर्ने

बट्लर,फाइल तस्विर ।

काठमाडौं । बंगलादेश फुटबल महासंघ (बिएफएफ) महिला राष्ट्रिय टोलीका प्रशिक्षक पिटर बटलरमाथि लागेको आरोपको छानविन गर्ने भएको छ ।

प्रशिक्षक बटलरको नेतृत्वमा प्रशिक्षण गर्न अस्विकार गरेका एक दर्जनभन्दा बढी महिला राष्ट्रिय खेलाडीले उनीमाथि अनुपयुक्त व्यवहार गरेको आरोप लगाएका थिए । मुख्य प्रशिक्षकमाथि यस किसिमको आरोप लागेपछि महासंघले छानविन कमिटी गठन गरि घटनाको छानविन गर्न लागेको हो । विएफएफ महिला कमिटिकी प्रमुख म्हफुजा अख्तरले शनिबार यसबारे जानकारी गराएकी हुन् ।

कप्तान सवीना खातुनको नेतृत्वमा रहेको खेलाडीको समूहले बटलरले टोली विभाजन गरेको , पक्षपात गरेको, खेलाडीको व्यक्तिगत जीवनका बारेमा अनुपयुक्त टिप्पणी गरेको र खेलाडीलाई अपमान गरेको आरोप लगाउँदै मिडियासामू खुला पत्र सार्वजनिक गरेको थियो ।

खेलडीले ५८ वर्षीय इंग्लिस प्रशिक्षक बटलर जिम्मेवारीमा रहे राष्ट्रिय टोली छाड्ने अडान लिएका छन् । उता बटलरले आफूमाथि लागेका यी तमाम आरोपका प्रतिक्रिया दिने इच्छा राखेका छैनन् । उनी यस विषयमा मौन नै छन् ।

शनिबार बिएफएले ३१ खेलाडीलाई प्रशिक्षण क्याम्पमा बोलाएको थियो । तर, क्याम्पमा १३ खेलाडीले मात्र उपस्थिति जनाएका थिए ।

‘हामीले आज खेलाडीसँग बसेर उनीहरुका कुरा सुन्यौं । उनीहरुलाई बुझाउन सक्दो प्रयास गर्यौ । महसंघका अध्यक्ष तविथ अवलले पनि समस्याको निवारण गर्न कोशिस गरिरहनुभएको छ । उहाँले छानविन समिति गठन गरिसक्नु भएको छ । मलाई विश्वास छ केही समयमै यो समस्यालाई हामीले समाधान गर्छौँ,’महिला कमिटी प्रमुख अख्तरले भनिन् ।

इङ्लिस क्लब वेस्ट ह्याम युनाइटेडका पूर्व मिडफिल्डर बटलरले गत वर्षको मार्च महिनामा बंगलादेश महिला टोलीको जिम्मेवारी लिएका थिए । बटलरको नेतृत्वमा बंगलादेशले गत अक्टोबरमा घरेलु टोली नेपाललाई २–१ ले हराउँदै दक्षिण एसियाली फुटबल महासंघ (साफ) महला च्याम्पियनसिपको उपाधि जितेको थियो । बटलरले बोत्सवाना र लाइबेरियाको पुरुष राष्ट्रिय टोली हेरिसकेका छन् ।


भिडियो
JAGAT TAMATA II MULPANI CRICKET को स्वर्ग हो II अर्को वर्ष NPL भ्याउने गरि यसलाई भव्य बनाउनुपर्छ II
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President