पाराग्वेको जितसँगै समूह ए बाट क्‍वार्टरफाइनल पुग्‍ने सबै टोलीको निर्णय

रियो दी जेनेरियो, (खेलाडी)- पाराग्वेले बिहीबार विहान अत्यन्तै कमजोर रुपमा प्रस्तुत भएको चिलीमाथि २-० को सहज जित निकाल्दै कोपा अमेरिकाको अन्तिम आठमा स्थान पक्का गरेको छ । 

ब्राइन सामुडियो र मिगुअल एल्मिरोनले गोल गरेपछि पाराग्वे दुई पटकको पूर्व विजेता चिलीमाथि सहज जित हासिल गर्दे समूह ‘ए’बाट नकआउट चरणको टिकट काट्न सफल भएको थियो । 

पाराग्वेको जितपछि समूह ‘ए’बाट नकआउट चरण पुग्‍ने चारवटै टोलीको निर्णय पनि भएको छ । केहीबेरअघि बोलिभियालाई हराउँदै पाराग्वेले नकआउट चरणको यात्रा पक्का गरेको थियो भने अर्जेन्टिना यसअघि नै नकआउट चरणलाई छानिइसकेको थियो । बोलिभियाको हारका कारण आफू हारे पनि चिलीको पनि क्‍वार्टरफाइनल यात्रा पक्का भयो । बोलिभिया भने समूह चरणबाटै घर फर्किने पक्का भयो । 

कोपा अमेरिकामा सहभागि १० टोलीले दुई समूहमा रहेर प्रतिस्पर्धा गरिरहेका छन् । दुवै समूहबाट शीर्ष चार टोली क्‍वार्टरफाइनल पुग्‍ने व्यवस्था छ । बिहीबार विहानका नतिजापछि तीन खेल खेलेको अर्जेन्टिना सात अंकका साथ शीर्ष स्थानमा रहँदा समान खेलमा ६ अंक जोडेको पाराग्वे दोस्रो स्थानमा पुगेको छ । चार खेलबाट पाँच अंक जोडेको चिली तेस्रो तथा तीन खेलमा चार अंक बटुलेको पाराग्वे चौथो स्थानमा छन् । अंकको खाता खोल्न नसकेको बोलिभिया पुछारमा छ ।