इटालियन सिरी ए

नेपोली हार्दा मिलान शीर्षमा

मिलान । नेपोली एट्लान्टासँग पराजित भएको दिन शनिबार एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा फर्किएको छ ।

सिरी ‘ए’ अन्तर्गत गत साता सम्पन्न खेलमा खेलमा नेपोली सासोैलोसँग २-२ को बराबरीमा रोकिँदा शीर्ष स्थानमा अग्रता बढाउने अवसर गुमाएको थियो ।

शनिबार चाँडो गरि भएको खेलमा एसी मिलानले सेलनिटानालाई २-० ले हराउँदै शीर्ष स्थानमा उक्लिएको थियो । नेपोलीलाई एट्लान्टाले ३-२ ले निराश पारेपछि मिलानको शीर्षता कायमै रहेको हो ।

मिलान १६ खेलमा ३८ अंकसहित शीर्ष स्थानमा छ भने समान खेलमा ३७ अंक बटुलेको इन्टर मिलान दोस्रो स्थानमा छ । तेस्रो स्थानमा झरेको नेपोलीको समान खेलमा ३६ र चौथौ स्थानको एट्लान्टाको ३४ अंक रहेको छ ।

इन्टरले दोस्रो स्थानमा उक्लिने क्रममा एएस रोमालाई ३-० ले पराजित गर्यो ।