सहिद स्मारक ‘ए’ डिभिजन लिग

टोलीको प्रदर्शनबाट सन्तुष्ट छुः शाक्य

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबसँग १-१ को बराबरीमा रोकिए पनि न्युरोड टिम (एनआरटी) का प्रशिक्षक राजुकाजी शाक्यले टोलीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताएका छन् ।

‘पछिल्लो खेलमा ब्रिगेड ब्वाइजसँग भन्दा आज हामीले सुधारिएको प्रदर्शन गर्यौं । टोलीको प्रदर्शनबाट सन्तुष्ट छु । आज हाम्रो उदेश्य तीन अंक लिने थियाे तर एक अंकमै चित्त बुझाउनु पर्यो । फरवार्ड लाइनका विदेशी खेलाडीले अझै लय समात्न सकेका छैनन्,’ शाक्यले भने, ‘मेसुके ओलोमोउ र स्टेफाने बिनयङ नेपाल सुपर लिगमा जस्तो लयमा देखिएका छैनन् । आजको जस्तो प्रदर्शनलाई निरन्तरता दिन सक्यौं भने प्रतियोगिताको शीर्ष चारमा रहने हाम्रो लक्ष्य पूरा हुन्छ कि भन्ने सोचेको छु ।’