सहिद स्मारक ‘ए’ डिभिजन लिग

रेफ्रीमा परिपक्कताको अभाव देखियाेः साहुखल

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार न्युरोड टिम (एनआरटी) सँग १-१ काे बराबरीमा रोकिएपछि च्यासलका युथ क्लबका प्रशिक्षक बालगोपाल साहुखल ले रेफ्रीमा परिपक्कता नदेखिएको बताएका छन् ।

‘आशा गरिएअनुसार प्रदर्शन गर्न सकिएन । डिफेन्समा राम्रो खेल्यौं । फाइनल थर्डमा धेरै मुभहरु बनाउँन सकनौं । रेफ्रीमा परिपक्कता देखिएन् । लिगमा रेफ्रीको स्तर बढ्न आवश्यक छ मैले पहिले पनि भनेको थिए । एनआरटीले खेल भावना विपरीतको कार्य देखायो,’ साहुखलले भने ‘जहाँसम्म विकाशको कुरा छ, उ अझै युवा नै छ । त्यसैले पनि उसलाई हामी टोलीमा फिट बनाउँन खोजिरहेका छौं र दिनप्रतिदिन प्रदर्शनमा निखार आउँदै छ ।’