सहिद स्मारक ‘ए’ डिभिजन लिग

रक्षात्मक भुमिकामा प्रभावकारी हुन सकेनौंः तामाङ

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबसँग बराबरी रोकिएपछि मनाङ मर्स्याङदी क्लबका प्रशिक्षक राजेन्द्र तामाङले टोली रक्षात्मक भुमिकामा प्रभावकारी हुन नसकेको बताए ।

‘पहिलो हाफमा लय समात्न सकेनौं । संकटाले बल पोजिशन राम्रो बनाएको थियो । हाम्रै गल्तिका कारण संकटाले पहिलो गोल गर्यो । डिफेन्समा खेलाडीले बारम्बार गल्ति गरिरहे,’ तामाङले भने, ‘भाग्यवस मौका पायौं र खेलमा फर्किन सक्यौं । हाम्रो आज मुख्य कमजोरी डिफेन्समै देखियो । दिनेश राजवंशीले अरु डिफेन्डरलाई राम्रो निर्देशन दिन सकेनन् । संकटाले एक टिमको रुपमा राम्रो प्रदर्शन गर्यो ।’