सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलाे हाफमा मनाङ र संकटाकाे बराबर

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबारको पहिलो खेलमा मनाङ मर्स्यादी क्लब र संकटा क्लबबिचको पहिलो हाफ १–१ को बराबरीमा टुङ्गिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ३१औं मिनेटमा निरज बस्नेतले गरेको गोलबाट संकटाले अग्रता बनाएको थियो । निरजले लक्ष्मण रुचालको फ्रिककलाई सदुपयोग गर्दै हेडमार्फत सेकेन्ड बारमा गोल गरे ।

३४औं मिनेटमा मनाङले बराबरी गोल फर्कायो । मनाङका लागि दयानन्द सिंहले गोल गरे । पुजन उपरकोटीको फ्रिकिकलाई बक्सभित्र फ्र्यान्कलिन कुइटे टल्लाले मिलाएको एयर बललाई भारतीय मिडफिल्डर सिंहले हेड गोल गरे ।