स्पेनिस ला लिगा

डेम्बेले आफ्नो पोजिशनका विश्व उत्कृष्ट खेलाडी बन्न सक्छन्ः जाभी

बार्सिलोना । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले फरवार्ड ओस्मान डेम्बेले आफ्नो पोजिशनका विश्व उत्कृष्ट खेलाडी बन्न सक्ने बताएका छन् ।

सन् २०१७ मा जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डबाट एक सय पाँच मिलियन युरोमा बार्सिलोना भित्रिएका डेम्बेलेको सम्झौता जनवरीमा समाप्त हुदैछ ।

‘डेम्बेले टाेलीका निकै महत्वपूर्ण र प्रतिभाशाली खेलाडी हुन् । मैले पहिले नै भनिसके उनी आफ्नो पोजिशनका विश्वकै उत्कृष्ट खेलाडी बन्न सक्छन् । यो डेम्बेलेमा नै भर पर्छ । उनी टोलीका लागि महत्वपूर्ण खेलाडी हुन् । उनी बार्सिलोनामा खुसी छन् ।’

यसअघि बार्सिलोनाका अध्यक्ष जोआन लार्पोटाले डेम्बेले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर केलियन एम्बाप्पेभन्दा उत्कृष्ट रहेको बताएका थिए ।

त्यस्तै लार्पोटाले सम्झौता नविकरणको वार्ता  आशा गरिएभन्दा केही ढिलो गरि सुरु भए पनि डेम्बेलेको चाहना बार्सिलोनमै बस्ने भएको बताए ।