सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलाे हाफमा सातदाेबाटाे २-० ले अघि

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शुक्रबार विभागीय टोली एपिएफविरुद्धको पहिलो हाफमा सातदोबाटो युथ क्लबले २-० को अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो हाफको ४२औं मिनेटमा मार्टिन्स अजाइले गरेको गोलबाट सातदोबाटोले अग्रता लिएको थियो । सुदिप गुरुङले गरेको प्रहार डिफ्लेक्ट हुदैँ पुगेको बललाई मार्टिन्सले पोस्टको दिशा दिएका हुन् ।

त्यस्तै पहिलाे हाफकाे इन्जुरी समयमा पासाङ लामाको पासमा मार्टिन्सले नै हेडमार्फत गोल गर्दै सातदोबाटोको अग्रतालाई दोब्बर पारे ।