इटालियन सिरी ‘ए’

मेसीले आफूलाई बार्सिलोना भित्राउन चाहेको मार्टिनेजको खुलाशा

रोम । इटाली सिरी ‘ए’ क्लब इन्टर मिलानका स्ट्राइकर लाउटारो मार्टिनेजले लियोनल मेसीले आफूलाई स्पेनिस ला लिगा क्लब बार्सिलोना भित्राउन चाहेको खुलाएका छन् ।

मेसी र मार्टिनेज दुवैले गत जुलाईमा अर्जेन्टिनालाई २८ वर्षपछि कोपा अमेरिकाको उपाधि दिलाएका थिए ।

‘यसबारे मेसी र मबिच राष्ट्रिय टोलीमा हुदाँ धेरै कुरा हुन्थ्यो । मेसी मलाई क्लब र मेरोबिचको सम्बन्धका बारेमा सोधिरहन्थे । तर म मिलानमै खुसी थिए किनकी म सधैं क्लबसँग सम्झौताको बारेमा कुरा राखिरहन्थे,’ मार्टिनेजले भने ।

यसैहप्ता कीर्तिमानी सात पटक बालन डी अर जितेका मेसीले यसै सिजन बार्सिलोनासँगको २१ वर्षे सम्बन्धको अन्त्य गर्दै फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्ध भएका थिए ।

२०१८ मा रेसिङ क्लबबाट इन्टर मिलानमा अनुबन्ध भएका मार्टिनेजको हालै क्लबसँग २०२५–२६ को लागि नयाँ सर्तहरुमा नवीकरण गरेका थिए ।