शहिद स्मारक ए डिभिजन लिग

पहिलो तीन अंकको खोजीमा एपिएफ

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारबाट सुरु हुने तेस्रो चरणको दोस्रो खेलमा सातदोबाटो युथ क्लबको सामा गर्दा विभागिय टोली एपिएफ जारी लिगकै पहिलो जितको खोजीमा हुनेछ । 

पहिलो खेलको इन्जुरी समयमा सम्हालिन नसम्दा ब्रिगेड ब्वाइज क्लबलाई ३-२ को नतिजा सुम्पिएको एपिएफले दोस्रो खेलमा च्यासललाई १-० को नतिजा सुम्पिएको थियो ।

त्यसैले सातदोबाटोको सामना गर्दा एपिएफ लिगकै पहिलो जितको खोजीमा हुनेछ ।

यता पहिलो खेलमा फ्रेन्डस क्लबसँग गोलरहित बराबरीमा रोकिएपनि सातदोबाटोले दोस्रो खेलमा थ्री स्टार क्लबलाई १-० ले स्तब्ध पार्दै शीर्ष डिभिजनमा आफ्नो प्रभाव छोड्ने संकेत गरिसकेको छ ।

सातदोबाटो एपिएफविरुद्ध पनि त्यही लयको निरन्तरता चाहन्छ ।