इटालियन सिरी ‘ए’

क्लबले देखाएको विश्वास पूरा गर्न तयारः चिलिनी


मिलान । इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्सका रक्षक तथा कप्तान जर्जियो चिलिनीले आफू र आफ्नो टोलीमाथि क्लबले देखाएको विश्वास पूरा गर्न तयार रहेको बताएका छन् ।

‘युभेन्ट्सले मलाई र मेरो टोली सहयात्रीलाई धेरै कुरा दिएको छ अब क्लबलाई फिर्ता गर्ने समय आएको छ । हामी आज क्लबसँगै छौ, खराब लयबाट निस्कनेछौ,’ उनले भने ।

पछिल्लो दुई खेलमा चेल्सी र एट्लान्टासँग हार्दा दबाबमा आएको युभेन्टसले मंगलबार सिरी ‘ए’ राति सेलनिटानामाथि २–० को जित हात पार्दै  जितको लयमा फर्किएको थियो ।

युभेन्ट्सको जितमा  पाबलो डिबाला र अल्भारो मोराटाले गोल गरेका थिए ।

‘हिजोको.खेलमा प्रशिक्षकले राम्रो शब्द प्रयोग गरे, राम्रो प्रदर्शन रह्यो । आज थाहा भयो हामीलाई के चाहिएको छ,’ उनले भने, ‘हामीलाई जिम्मेवारीको भावना चाहिन्छ, केही असाधारण गर्न जरुरी छैन । मात्र राम्रो मानसिकता हुन जरुरी छ । हामीले राम्रो प्रदर्शन ग¥यौ तर यसले सधै काम गर्दैन । तर हामीले व्यवस्थित गरेर खेल्यौ ।’