वाइवाई यु-१९ पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता

बागमतीकाे जित

काठमाडौं । वाइवाई यु–१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेसले कर्णाली प्रदेसलाई एक विकेटले पराजित गरेको छ ।

मंगलबार मुलपानी क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको ७९ रनको झिनो लक्ष्य बागमतीले १९.५ ओभरमा नौं विकेट गुमाउँदै पुरा गर्यो ।

बागमतीको जितमा विवेक मगरले ४७ बलमा तीन चौका सहित सर्वाधिक १८ रन बनाए । त्यस्तै कृष कार्कीले १२ र उत्तम मगरले ११ रन जोडे ।

कर्णालीका अनुज चनाराले पाँच विकेट हात पार्दा प्रकाश जैसी, युनिस सिंह र सुवास ऐयरले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा आएको कर्णालीले २७.१ ओभरमा ७८ रनमै समेटिएको थियो ।

कर्णालीका लागि कप्तान निश्चल रावलले १५ रन बनाएका थिए । त्यस्तै सन्दिप शाहीले १४, विपिन रावलले १२ र रुपक दाहालले १० रन जोडे ।

बागमतीका गौतम केसीले चार, विशाल यादवले तीन, कृषले दुई र विपुल खनालले एक विकेट लिए ।