सहिद स्मारक ए डिभिजन लिग

पहिलो हाफमा मछिन्द्र र आर्मी बराबर

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा सोमबार साविक विजेता मछिन्द्र क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो हाफमा दुबै टोलीले गोलको केही मौका पाए पनि सदुपयोग गर्न सकेनन् ।

चौथो मिनेटमा मछिन्द्रका कप्तान सुजल श्रेष्ठको प्रहार फितलो रह्यो ।

त्यस्तै २६औं मिनेटमा नोर्लान नोर्भुजोभको प्रहार सन्तोष तामाङले गोललाईनबाट क्लियर गरेपछि मछिन्द्र पहिलो हाफमा अग्रता लिन चुकेको थियो ।