फुटबल

अझै पाँच वर्ष खेल्न सक्ने रामोसको विश्वास

पेरिस । स्पेनिस रक्षक सर्जियो रामोसले सोचेजस्तो शारीरिक र मानसिक स्थिती बलियो बनाइराख्न सके आफू अझै चार\पाँच वर्ष निरन्तर फुटबल खेल्न सक्ने बताएका छन् ।

रामोस यसै सिजनको सुरुआतमा स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडबाट ‘फ्रि ट्रान्सफर’ मा फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) अनुवन्धित भएका थिए ।

‘मलाई म अझै चार\पाँच वर्ष निरन्तर फुटबल खेल्न सक्छु जस्तो लाग्छ । सबैभन्दा महत्वपूर्ण कुरा मानसिक अवस्था हो । आशा छ ममा अब अन्य कुनै शारीरिक समस्या छैन,’ रामोसले भने, ‘म निरन्तर मेहनत गरिरहेकाे छु । क्लबले ममाथी राखेको विश्वास प्रमाणित गर्न चाहन्छु । आशा छ म मेरो करियरको उत्कृष्ट लयमा हुनेछु ।’

३५ वर्षीय रामोसले १६ वर्ष रियाल मड्रिडमा बिताएका थिए । यद्धपी उनी पछिल्लो छ महिनादेखि मैदान बाहिर छन् ।