इटालियन सिरी ‘ए’

इन्टरको जित, युभेन्टस स्तब्ध

मिलान । इन्टर मिलानले भेनेजियालाई हराउँदै इटालियन सिरी ‘ए’ मा शीर्ष टोलीमाथि दबाब बढाउँदा युभेन्टसले भने एट्लान्टालाई नतिजा सुम्पिएको छ ।

शनिबार सम्पन्न खेलमा इन्टरले भेनेजियालाई २-० ले हरायो ।

इन्टरको जितमा ३४औं मिनेटमा हाकान चालहनोग्लु र इन्जुरी समयमा लाउटरो मार्टिनेजले गरेको गोल पर्याप्त बन्यो ।

इन्टर १४ खेलमा ३१ अंकसहित तेस्रो स्थानमा छ । जुन एक खेल कम खेलेको शीर्ष स्थानको नेपोली र दोस्रो स्थानको एसी मिलान भन्दा एक अंक कम हो । एट्लान्टा २८ अंक जोड्दै चौथो स्थानमा छ भने युभेन्ट् २१ अंकसहित आठौं स्थानमा छ ।

युभेन्टस भने एट्लान्टासँग १-० ले स्तब्ध भएको हो ।

२८औं मिनेटमा डोभान जापाटाले गरेको गोल एट्लान्टाका लागि युभेन्टलाई  निराश पार्न पर्याप्त बन्यो ।