च्याम्पियन्स लिग

च्याम्पियन्स लिगमा बायर्नविरुद्ध जित निकाल्नेमा विश्वस्त लार्पोटा

मड्रिड । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका अध्यक्ष जोआन लार्पाेटाले च्याम्पियन्स लिगको अन्तिम खेलमा बायर्न म्युनिखविरुद्ध जित निकाल्नेमा आफू विश्वस्त भएको बताएका छन् ।

‘बार्यन म्युनिखलाई हराउन सक्छौ । बायर्नसँगको खेलमा हामी जादुमयी तरिकाले विजयी बन्ने छौं, म यसमा विश्वस्त छु,’ उनले भने, ‘बायर्नविरुद्धको खेललाई लिएर जाभी सकारात्मक र बलियो स्थितीमा छन् । आशा छ सबै कुरा हाम्रो लागि राम्रो हुनेछ । टोलीमा जाभीको आगमनले विपक्षीहरुको बार्सिलोनाप्रतिको सम्मान उत्पन्न बढेको छ । हामीले पहिलेजस्तै लयमा अवस्थामा फर्किन सक्छौ ।’

च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनाले मंगलबार पोर्चुगिज क्लब बेन्फिकासँग गोलरहित बराबरीमा खेल्दै अंक बाँडेको थियो ।

बार्सिलोना सात अंक सहित समूह ‘ई’ को दोस्रो स्थानमा छ । १५ अंक जोडेको बार्यन तालिकाको शीर्ष स्थानमा छ ।

च्याम्पियन्स लिगमा बार्सिलोनाले डिसेम्बर ९ मा बायर्नसँग प्रतिस्पर्धा गर्दैछ।