सहिद स्मारक लिग

पहिलो हाफमा सातदोबाटो १-० ले अघि

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा थ्री स्टार क्लबविरुद्ध सातदोबाटो युथ क्लबले पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो हाफमा थ्रीस्टारले नियन्त्रण बनाए पनि सुदिप गुरुङले गरेको गोलबाट सातदोबाटोले अग्रता लिएको हो । सुदिपले ३१औं मिनेटमा मार्टिन्स अजाइलेको पासमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका हुन् ।

३७औं मिनेटमा रितिककुमार खड्काले दाहिने डिबक्सबाट गरेको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले मुश्किलले बचाएपछि थ्री स्टारले खेलमा फर्किने मौका गुमाएको थियो ।