इङ्लिस प्रिमियर लिग

सोल्सयार सम्मानका हकदारः रासफोर्ड

लन्डन । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडका स्ट्राइकर मार्कुस रासफोर्डले पूर्व प्रशिक्षक ओले गनर सोल्सायर क्लबबाट बर्खास्तमा परे पनि उनी सम्मानको हकदार रहेको बताएका छन् । 

घरेलु मैदान ओल्ड ट्राफोर्डमा लिभरपुलसँग ५-० र म्यानचेस्टर सिटीसँग २-० ले पराजित भएपछि  बर्खास्तगीको संघारमा पुगेका सोल्सायरलाई युनाइटेडले गत साता वाट्फोर्डसँग ४-१ को हार व्यहारेपछि बर्खास्त गरेको थियो ।

सोल्सायर युनाइटेडका खेलाडी र समर्थकको मनमा छन् ,'रासफोर्डले भने, 'त्यसैले सोल्सायर खेलाडीबाट मात्र नभई समर्थकहरुबाट पनि सम्मानको हकदार छन् ।’ 

यस्तै रासफोर्डले टोलीको लगातारको खराब नतिजाका लागि पूर्व प्रशिक्षक सोल्सायर मात्र दोष दिनु राम्रो नभएको बताए । 

‘समर्थकले टोलीले हार्नुमा सोल्सायरको मात्र गल्ती देखे । प्रशिक्षकले रणनिती बनाउँने हो,मैदानमा उत्रिएर खेल्दिने होइन’,रासेफोर्डले भने, ‘सोल्सायरको रणनिती बनाएका थिए । त्यो प्रभावकारी भएन । त्यसमा खेलाडीले पनि जिम्मेवारी लिनु पर्छ ।’