मार्से

जर्बी मार्सेको नयाँ प्रशिक्षक

काठमाडौं । इटालीका रोबर्टो डी जर्बी फ्रेन्च क्लब मार्सेको नयाँ प्रशिक्षणमा नियुक्त भएका छन् ।

यसै सिजन इङ्लिस क्लब ब्राइटन छाडेका जर्बी र मार्सेबीच तीन वर्षको सम्झौता भएको छ । मार्सेले जिन लुइस गासेटको स्थानमा जेर्बीलाई भित्र्याएको हो ।

जर्बीको प्रशिक्षणमा ब्राइटनले यो सिजन ११औं स्थानमा रहेर लिग सक्काएको थियो । यता मार्सेले फ्रेन्च लिग वानको आठौं स्थानमा रहेको थियो ।