काेपा अमेरिका

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको विजयी सुरुआत

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले कोपा अमेरिका २०२४ मा विजयी सुरुवात गरेको छ । अमेरिका सम्पन्न खेलमा अर्जेन्टिनाले क्यानाडालाई २–० ले पराजित गर्याे ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लौटारो मार्टिनेजले समान एक गोल गरे । कप्तान लियोनल मेसी र मार्क एलिस्टरले समान एक असिष्ट गरेका हुन् ।

जितपछि समूह ‘ए’ मा अर्जेन्टिनाले तीन अंक जोडेको छ । क्यानाडाले हारबाट प्रतियोगिता सुरु गर्याे । समूहमा पेरु र चिली छन् ।

एटलान्टाको मार्सेडेस बेन्ज मैदानमा पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको थियो । एलिस्टरको पासमा बक्स भित्रबाट अल्भारेजले गोल गरेका हुन् ।

८८औं मिनेटमा मार्टिनेजले दोस्रो गोल गरे । उनले मेसीले उपलब्ध गराएको बललाई बक्सभित्रबाट सहज गोल गरेका हुन् ।

अब, अर्जेन्टिनाले जुन २६ मा चिलीको सामना गर्नेछ ।