इटालियन सिरी ए

नापोलीका स्ट्राइकर भिक्टर ओसिम्हेनको शल्यक्रिया गर्नुपर्ने

रोम । इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार इन्टर मिलानसँग पराजित हुदाँ अनुहारमा चोट बोकेका स्ट्राइकर भिक्टर ओसिम्हेनकाे शल्यक्रिया गर्नुपर्ने भएको छ ।

इन्टर मिलानका रक्षक स्क्रिनियरसँग टाउको ठोक्किएपछि ओसिम्हेन चोटिल बनेका थिए । ५५औं मिनेटमा मैदान बाहिरिएका ओसिम्हेनको अनुहारको देब्रेभागमा र गालाको हड्डीमा चोट लागेको क्लबले पुष्टि गरेकाे हाे।

‘ओसिम्हेन आइतबारबाटै मिलानको निगौरडा अस्पतालमा डाक्टरहरुको निगरानीमा छन् र आगामी केही दिनभित्र शल्यक्रिया हुनेछ, नापोलीले विज्ञप्तीमा भनेको छ ।’

स्ट्राइकर ओसिम्हेनले सिरी ‘ए’ मा सेप्टेम्बरमा मात्रै सात गोल गरेका थिए ।

सिरी ‘ए’ मा आइतबार नापोली मिलानसँग ३–२ ले पराजित भएको थियो । लिगमा नापोलीको यो पहिलो हार थियो ।