शहिद स्मारक ए डिभिजन लिग

तीन अंकका हकदार थियौ, अवसर सदुपयोग गर्न नसम्दा अंक बाँड्न पर्योः सातदोबाटोका प्रशिक्षक केसी

काठमाडौं । सातदोबाटो युथ क्लबका प्रशिक्षक मेघराज केसीले फिनिसिङमा चुक्दा फ्रेन्डस क्लबसँग अंक बाँड्न परेको बताएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यस सिजनको सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा सातदोबाटोले १० खेलाडीमा सीमत हुँदै खेलको अन्त्य फ्रेन्डससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

फ्रेन्डसका रोनिल एन्थोनी पाउल ७६औं मिनेटमा दोस्रो पहँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएका थिए ।

‘हामी स्पष्ट तीन अंकको हकदार थियौ तर पाएको अवसरमा हामी चुक्दा अंंक बाँड्न बाध्य भयौ’, केसीले भने, ‘यो लिगमा हाम्रो पहिलो खेल थियो । खेलाडीहरुमा केही अनुभवको कमी देखियो आगामी खेलबाट सुधारिएको प्रदर्शन गर्छौै ।’