इङ्लिस प्रिमियर लिग

लुकाकु प्रशिक्षणमा फर्किए

लन्डन । कुर्कुच्चाको चोटबाट मुक्त हुँदै चेल्सीका स्ट्राइकर रामेलु लुकाकु सोमबारबाट प्रशिक्षणमा फर्किएका छन् । 

चोटका कारण लुकाकुले चेल्सीबाट पाँच खेल गुमाएका थिए । अक्टोबर २० मा च्याम्पियन्स लिग अन्गर्तग माल्मोविरुद्ध ४० को जित हात पारेको खेलको २३ औं मिनेटमा लुकाकु चोटका कारण मैदाबाट बाहिरिएका थिए । 

लुकाकुसँगै सो खेलमा टिमो वार्नर पनि ह्यामस्ट्रिङको समस्याका कारण मैदानबाट बाहिरिएका थिए । दुई स्ट्राइकरको अनुपस्थितीमा पनि चेल्सी पछिल्लो पाँच खेलमा अपराजित रहँदै आएको छ ।

लुकाकुले सेप्टेम्बर यता चेल्सीका लागि गोल गरेका छैनन् । उनी प्रिमियर लिग अन्तर्गत शनिबार लेस्टर सिटीविरद्ध मैदान उत्रनेछन् ।

त्यस्तै मार्कोे ओलन्सो पनि सोमबारबाट अभ्यासमा फर्किएका छन् ।