अखिल नेपाल फुटबल स‍घ

एन्फाका पूर्व अध्यक्ष श्रेष्ठ अस्वस्थ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ अस्वस्थ भएका छन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगको कलब न्युरोड टिम (एनआरटी)का पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठ शनिबार क्लबकै एक कार्यक्रममा सहभागि हुने क्रममा अचानक अस्वस्थ भएका थिए ।

अचानक अप्ठेरो महशुष हुनुका साथै सरिरमा पसिना आउन थालेपछि उनलाई तत्कालै गंगालाल अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याइएपछि उनको मुटुमा समस्या पहिचान भएको क्लब स्रोतले जनाएको छ ।

श्रेष्ठको अवस्था अहिले सामान्य रहेको बताइएको छ । तथापि अझै केही दिन अस्पतालमै राखेर उपचार हुने बताइएको छ ।