एएफसी यु -२३ एसिया कप छनोट

इरानविरुद्ध खेल्दै नेपाल

काठमाडौं । नेपालले एएफसी यु -२३ एसिया कप छनोट प्रतियोगितामा आज (सोमबार) इरानविरुद्ध खेल्दैछ ।

ताजिकिस्तानको रिपब्लिक सेन्ट्रल रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँस ४ः४५ बजेबाट सुरु हुनेछ । 
नेपाली यु -२३ टोलीले दोस्रो पटक इरानविरुद्ध मैदान उत्रन लागेको हो । यसअघि २०१५ मा भएको खेलमा नेपालले इरानलाई ५-० ले नतिजा सुम्पिएको थियो । 
 

छनोटको समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेल आयोजक ताजिकिस्तानविरुद्ध ११ गते खेल्नेछ । त्यस्तै छनोटको अन्तिम खेलमा नेपालले १४ गते लेबनानको सामना गर्नेछ ।