फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं, (खेलाडी)- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झरेको छ । 

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक सय ६९ औं स्थानमा रहेको छ । गत महिना नेपाल वरीयताको एक सय ६८ औं स्थानमा रहेको थियो ।

हालै माल्दिभ्समा साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । 

विश्व वरियताको एक सय तीन स्थानमा रहेको भारत दक्षिण एसियाली राष्ट्र मध्ये शीर्ष स्थानमा छ भने एक सय ५६ औं स्थानको माल्दिभ्स दोस्रो स्थानमा छ । नेपाल दक्षिण एसियाली राष्ट्र मध्ये तेस्रो स्थानमा छ । त्यस्तै भुटान एक सय ८६ औं, पाकिस्तान एक सय ९७ औं र श्रीलंका दुई सय चार स्थानमा छ ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम छ । यस्तै ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इटाली र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन् भने अर्जेन्टिना छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन् ।