आर्सनलसँग अंक बाँड्दा निराश छुः भियरा

लन्डन, (खेलाडी)-  क्रिस्टल प्यालेसका प्रशिक्षक प्याट्रिक भियराले इङलिस प्रिमियर लिगमा आर्सनलसँग अन्तिम मिनेटमा गोल खाँदै अंक बाँड्नु दुखद भएको बताएका छन् ।

आर्सनलको घरेलु मैदान इमिरेट्समा भएको खेलमा प्यालेस अन्तिम मिनेटमा सम्हादिन नसक्दा जितबाट वञ्चित भएको थियो ।

आठौं मिनेटमा पिइरे इमरिक औबामयाङको गोलमा आर्सनलले अग्रता लिएको थियो । ५० औं मिनेटमा क्रिस्टियन बेन्टेकेले प्यालेसलाई खेलमा फर्काएका थिए । ७३ औं मिनेटमा ओडसोने इडोवार्डको गोलमा प्यालेसले अग्रता लिएको थियो ।

इडोवार्डको गोलपछि भियरा पूर्व क्लबविरुद्ध स्पष्ट तीन अंक बटुल्ने संघारमा पुगेका थिए । तर इन्जुरकी समयमा एलेक्जेन्डर लाकाजेट्ले आर्सनललाई खेलमा फर्काएपछि भियरा निराश भएका थिए ।
'

यो निकै कठिन खेल थियो,' भियराले भने, 'खेलको अन्तिममा गोल खाँदै अंक बाँड्नु पर्दा म निराश छु । खेलाडीको सबै मिहेनत खेर गयो । हामी स्पष्ट तीन अंक जोड्ने अवसरबाट वञ्चित भयौ ।'