बालन डी अर को मनोनयनमा पर्नु विशेषः माउन्ट

लन्डन, (खेलाडी)-  चेल्सीका मिडफिल्डर मेसन माउन्टले 'बालन डी र' मनोनयनकाे शीर्ष ३० को पर्नु आफ्नो कडा मेहनतको परिणाम भएको र अझै धेरै गर्न बाँकी रहेको बताएका छन ।

२२ वर्षिय माउन्टले गत सिजन चेल्सीबाट च्याम्पियन्स लिग र सुपर कपको उपाधि उचालेका थिए । 

उपाधिको संघारमा पुगेपनि इटालीसँग निराश भएपछि मेसनको युरोपियन च्याम्पियनसिप २०२० जित्ने लक्ष्यले पूर्णता पाएन ।

तर क्लबबाट उत्कृष्ट प्रदर्शन गरेका माउन्ट  ' बालन डी अर' मनोनयको शीर्ष शीर्ष ३० मा अटाएका हुन् ।

‘यो विशेष क्षण हो । मनोनयनमा परेका शीर्ष ३० खेलाडीभित्र आफूलाई पाउनु साच्चै एक सपना हो । म प्रत्येक वर्ष कडा मेहनत गर्थें र अहिले बालन डी अर मनोनयनको शीर्ष ३० मा परेको छु,’ माउन्टले भने, ‘यसले सबै कुराले प्रतिफल दिन्छ भन्ने देखाउछ । यो भर्खरै सुरु भएको छ र अब यो रोकिने छैन ।’