यू-२३ को बन्द प्रशिक्षण नरोकिने 

काठमाडौं, (खेलाडी)- अखिल नेपाल फुटलब संघ (एन्फा)ले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा रहेको   यु-२३ टोलीको प्रशिक्षण दसेैंमा पनि नरोकिने बताएको छ । 

यु-२३ टोली कार्तिक ८ गतेबाट ताजकिस्तानमा सुरु हुने एएफसी एसियन कप छनोटका लागि बन्द प्रशिक्षणमा छ । 

 एन्फाले उपत्यकामै परिवार भएका खेलाडीको हकमा भने टिका दिन मात्रै परिवारलाई जिम्मा लगाएर छाड्ने बताएको छ । 

'टिका लगत्तै खेल खेल्न जाने भएकाले खेलाडीको फिटनेशलाई मध्यनजर गर्दै यस पटक दसैंमा पनि खेलाडीलाई बन्द प्रशिक्षणमै राखेका हौ । उपत्यकामा परिवारसंग रहेका खेलाडीको हकमा भने टिकाकाे दिनका लागि मात्रै पारिवारलाई जिम्मा लगाएर जान दिन्छौं,'टोली व्यवस्थापक उत्तम भण्डारीले  भने । 

प्रतियोगिताका लागि नेपाल कार्तिक दुई गते ताजकिस्तान प्रस्थान गर्नेछ ।

समूह ‘बी’ मा रहेको नेपालले  कार्तिक ८ मा इरान, कार्तिक ११ मा ताजकिस्तान र कार्तिक १४ मा लेबननको सामना गर्नेछ ।।