जिब्राल्टरमाथि नेदरल्यान्डसकाे सानदार जित

आम्स्ट्रार्डम, (खेलाडी)-  जिब्राल्टरमाथि सानदार जितका साथ नेदरल्यान्डसले कतार विश्वकप २०२२ को छनोट सम्भावना बलियो पारेको छ ।

विश्वकप छनोट अन्तर्गत सोमबार समुह 'जी' मा नेदरल्यान्डसले जिब्राल्टरलाई ६-० ले हरायो ।

नेदरल्यान्डसकाे जितमा मेम्फिस डिपेले दुई, र्भिर्जन भान डाइक, डेन्जल डेम्फ्रेज, अर्नाउट डानजुमा र ड्यानियल मालनले समान एक गोल गरे ।

समूह 'जी ' मा नेदरल्यान्डस् आठ खेलमा १९ अंक बटुल्दै शीर्ष स्थानमा छ । समान खेल खेल्दै दोस्रो स्थानमा बसेको नर्वेको दुई अंक कम छ ।  समान आठ खेलमा टर्की १५ अंक जोड्दै तेस्रो स्थानमा छ भने मोन्टेनेग्रो ११ अंकका साथ चौथो स्थानमा छ ।

समूह 'जी' अन्तर्गत सोमबार भएको अर्को खेलमा नर्वेले मोन्टेनेग्रोलाई २-० ले हरायो ।